Tue. Apr 23rd, 2024

चर्चित गायक हेमन्त शर्माले नयाँ एल्बम दर्शकमाझ ल्याएका छन् । हेमन्तले शुक्रवारबाट आफ्नो नयाँ एल्बम ‘परम्परा’को सार्वजानिक गरेका छन । उनले एल्बमको अडियो र भिडियो एकै पटक सार्वजानिक गरेका छन् । हरियाली क्रियसनको प्रस्तुति ‘परम्परा’एल्बममा समावेश संगितकार सुरेश अधिकारीको शब्द र संगितमा रहेको ‘छोयो मायाले’ सार्वजानिक हुनु अगाढी नै चर्चामा रहेको छ ।

संगितको बजारमा गायक शर्माले यसअघि ‘परम्परा–१ ’ र ‘परम्परा–२ ’ निकालेर तेस्रो संस्करणको रुपमा ‘परम्रपरा ’निकालेर पूर्ण बनाएका छन । यो एल्बममा पनि दुई वटा गित समावेश छ । एल्बममा समाबेश ‘छोयो मायाले ’ गितको म्यूजिक भिडियोको निर्देशन भूषण दाहालले गरेका छन । सुरजसिं ठकुरी र नायिका संचिता लुईटेलले अभिनय गरेको सो भिडियोले दर्शकको माया पाउने अपेक्षा गरिएको छ । अहिले सम्म सात बटा एल्बम दर्शक श्रोता माझ ल्याएका गायक हेमन्त शर्माले १०० भन्दा बढी गित गायका छन ।

%d bloggers like this: