Sat. Apr 27th, 2024

नेपाली राष्ट्रियता, सीमाना र इतिहासलाई केन्द्रविन्दू बनाएर गायक ज्ञानीकुमार खड्काको स्वरमा तयार भएको ‘खबरदार..’ नामक बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक खड्काकै शब्द, संगीत रहेको ‘खबरदार…’मा राष्ट्रियताको विषय उठान गरिएको छ । प्रदीप कस्पालले निर्देशन गरेको ‘खबरदार…’ भिडियोमा शिवराम श्रेष्ठको छायांकन रहेको छ । ‘हाम्रो स्वाभिमान’ एल्बममा समावेश गीतको भिडियोमा भोला सापकोटालगायतको अभिनय रहेको छ । पत्रकार प्रेम बानियाँको परिकल्पना रहेको उक्त म्युजिक भिडियोलाई भरत रेग्मीको सम्पादन गरेका छन् ।

%d bloggers like this: