Thu. Apr 25th, 2024

बलिउडका चर्चित दुई स्टार एवं पूर्वप्रेम प्रेमिका समेत रहेका सलमान खान र कट्रिना कैफ सर्वाधिक प्रशंसनिय व्यक्तिको रुपमा चुनिएका छन् । किक चलचित्र पश्चात सलमानको चर्चा र माग निकै बढेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बेलायतमा रहेको एउटा अनलाइन रिसर्च पोर्टलले गरेको सर्वेक्षणमा सलमान ‘मोष्ट अड्मायर्ड’ (सर्वाधिक प्रशंसनिय) ब्यक्तिमा चुनिएका छन् ।

salmankatrina_story_650_052914113123

सूची अनुसार एक नम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् भने दोस्रोमा क्रिकेटर सचिन तेण्डुलकर । चौथो स्थानमा रहेका सलमान बलिउडकर्मीहरु मध्ये पहिलो ब्यक्ति हुन् । बलिउड अभिनेत्रीहरुमा पनि सलमानकै हाराहारीमा छिन् कट्रिना कैफ । कट्रिना पाँचौ स्थानमा परेकी छिन् भने करिना कपुर छैटौं स्थानमा परेकी छिन् । त्यस्तै नोबेल शान्ति पुरस्कार बिजेता पाकिस्तानी युवती मलाला युसुफजेई, भारतीय नेतृ सोनिया गान्धी पनि सर्वाधिक प्रशंसनिय व्यक्तिको सुचिमा परेका छन् ।

%d bloggers like this: