Sat. Apr 20th, 2024

अखिन नेपाल चलचित्रकर्मी संघको आयोजनामा आजबाट रोल्पा जिल्लाको सदरमुकाम लिवाङ्गमा ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला -२०१५’ सुरु भएको छ । शुक्रवार रोल्पा जिल्ला क्षेत्र नं १ का सभासद तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले चलचित्र कै शैलीमा ‘एक्शन र कट’ लिँदै ‘कार्यशाला’को उद्घाटन गरे । कार्यशालाको औपचारिक उद्घाटन गरेपछि कार्यक्रमलाई सम्बोधन गदैं नेता महराले रोल्पा जिल्लामा पनि चलचित्रमा समेटिन सक्ने थुप्रै सम्भावना बोकेका स्थलहरु रहेकोले त्यसको पहिचान गरी फिल्मी सिटीको रुपमा रोल्पालाई स्थापित गर्न यो कार्यशालाले नेतृत्व लिने विश्वास समेत व्यक्त गरे ।

साथैं उनले नेपाली चलचित्रको स्तर बृद्धीको लागी आफ्नो स्तरबाट जुनकुनै प्रयासकदमीको लागी तयार भएको भन्दै त्यसको लागी आवश्यक छलफल गरेर अघी बढ्नुपर्ने र सम्बन्धित मुद्धामासमपुर्ण चलचित्रकर्मी एक हुनुपर्ने धारणा राखे ।

udhghatan

कार्यशालामा निर्देशक लक्ष्मीनाथ शर्मा, देवकुमार श्रेष्ठ, ओम प्रतीक, दुर्गा नेम्वाङ, सुसन प्रजापतिलगायत सहभागीहरु रहेका छन् । नेपाली चलचित्र उद्योगको आफ्नै परिचय र पहिचान स्थापित गर्नको लागी नेपाली चलचित्रको नयाँ आन्दोलनको रुपमा लिईएको आफ्नो अभियान स्वरुप नै यो कार्यशालाको आयोजना भएको संघका अध्यक्ष केपी पाठकले बताए ।

कार्यशाला नौ दिनसम्म जारी रहनेछ । सो अवधिमा जिल्लाका विभिन्न धार्मिक, ऐतिहासिक महत्व बोकेका क्षेत्रमा पुगी यहाँकै वास्तविक धरातलमा आधारित कथावस्तुमा चलचित्र निर्माण गरिने अखिलसङ्घका अध्यक्ष केपी पाठकले बताए । उक्त कार्यशालामा दुई चलचित्र विज्ञ सेखर दास र भारतिय सिनेमाटोग्राफर एसोशियसनका महासचिव समेत रहेका निर्देशक, सिनेमाटोग्राफर सन्नी जोसेफ तथा ईजिप्टबाट आएकी सिनेमा समिक्षक, लेखक, एडिटर सफा एलाईसी हगागले प्रशिक्षण दिनेछन् । उद्घाटन सत्रमा चलचित्र लेखक तथा प्रशिक्षक ओमप्रतिक र कुलान्नद गिरी लाई रोल्पाको स्थानित संस्कृती उत्थान र कला क्षेत्रलाई उच्च स्थानमा पुर्याउनमा गरेको सहयोगको कदर गर्दै सम्मान गरिएको छ ।

%d bloggers like this: