Wed. May 8th, 2024

एक अर्काका दुस्मन जस्तै रहेका नेपाली चलचित्रक्षेत्रका चल्तीका दुई नायक आर्यन सिग्देल र जीवन लुईटेल अब एकसाथ पर्दामा देखिने भएका छन् । हालसम्म एकसाथ कुनैपनि चलचित्रमा नदेखिएका यि दुई नायक अब चलचित्र कर्मामा एकसाथ देखिने भएका छन् । भानु महर्जनको प्रस्तुतीमा अनिल संग्रौलाले निर्देशन गर्न लागेको चलचित्र ‘कर्मा’मा दुई नायक एकसाथ देखिन लागेका हुन् । यो चलचित्रको छायांकनका लागि निर्देशक संग्रौला यूरोपका विभिन्न देशमा पुगेर लोकेशन हेरेर आइसकेका छन् । यो चलचित्रको छायांकन आधा प्रतिशत नेपाल र आधा प्रतिशत विदेशमा हुनेछ ।

नायक आर्यन सिग्देलले सम्झौता गरेको केहि महिना भैसकेपनि छायांकन हुन नसकेको बताए । त्यस्तै नायक जीवन लुईटेलले आर्यन र आफ्नो भूमिका समान भएको भन्दै कथावस्तु राम्रो रहेको खुलाए । आफुहरुले अभिनय गरेको चलचित्र एकसाथ प्रदर्शनमा आउदाँ केहिले जीवन त कहिले आर्यन अगाडी हुने गरेको अबस्थामा अब यि चर्चित जोडीनै पर्दामा देखिने भएपछि यति बेला चलचित्र कर्माको चर्चा व्यापक हुदैं गएको छ । चलचित्रमा दुई नायकको भूमिका समान रहेको वुझिएको छ । चलचित्रका लागि दुई नायकले संझौता समेत गरिसकेका छन् ।

%d bloggers like this: