Thu. Apr 25th, 2024

sunny

पूर्वपोर्नस्टार एवं बलिउड अभिनेत्री हाल स्थापित नायिकामा गनिन्छिन् । उनका करोडौं फ्यान छन्, तर सन्नी बलिउडमा आफूलाई बिलकुल एक्लो महसुस गर्छिन् । एक भारतीय सञ्चामाध्यमसँग कुराकानी गदैं सन्नीले बलिउडले अझसम्म आफूलाई कबूल गर्न नसकेको दावी गरिन् । ‘म बलिउडमा आफूलाई एकदमै एक्लो महसुस गर्छु, तर दर्शक समर्थकहरुले मलाई स्वीकार गर्नुभयो र धेरै माया दिनुभयो, म यसबाट एकदमै खुसी छु ।’ उनी अघि भन्छिन्, ‘म निकै कडा मिहेनत गर्न चाहन्छु, राम्रो कलाकार बन्न चाहन्छु, एकदिन अवश्य त्यस्तो आउने छ, जुनदिन मलाई बलिउडले पनि कबुल्ने छ ।’साथै उनले ‘रागिनी एमएमएस टू’बाट आफूले हिरोइनको रुपमा पनि कुनै फिल्मलाई सफल बनाउन सक्ने देखाइदिएको बताईन् ।

%d bloggers like this: