Sat. Apr 20th, 2024

योगेश घिमिरेले निर्देशन गरेको तथा चैत १३ गतेदेखी अलनेपाल रिलिजको तयारीमा रहेको चचित्र भूल भूलैयाको अफिसियल गीत रिलिज भएको छ । ‘माया राम्रो डबल सिम’ बोलको गीतमा नायक जिवन लुइँटेल र नायिका निता ढुङ्गाना फिचररिङ छन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रल्हाद तिल्सिना र मल्लिका कार्कीको स्वर रहेको छ । कविराज गहतराजले कोरियोग्राफ्री रहेको सार्वजनिक भिडियोले दर्शकको मन जित्न सफल हुने निर्देशक घिमिरेले दाबी गरेका छन् ।

bhulbulaiya

‘भुलभुलैया”लाई योगेश घिमिरेले निर्देशन गरेका हुन । दिनेशकुमार पोखरेल निर्माता रहेको फिल्मका निर्माताहरु शुशिल कार्की, सुरेश गौतम र मणिराज कार्की हुन । त्रिकोणात्मक प्रेमकथा समेटिएको फिल्ममा जीवन लुईटेल र निता ढुङ्गाना अलावा सोहित मानन्धर पनि मुख्य भुमिकामा रहेका छन । फिल्ममा बाबु श्रेष्ठको छयांकन, शिवम अधिकारीको पटकथा तथा बनिष शाहको सम्पादन रहेको छ ।

%d bloggers like this: