Fri. Mar 29th, 2024

केहि महिना अगाडी मात्र दुईपटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमनले यति बेला नेपालमा पर्यटककोे संख्यामा देखी विदेशी कलाकारहरु र फिल्मको छायांकन गर्नेको यति बेला भिड लागेको छ । केहि समय अगडी मात्र नेपालमा नै हलिउड फिल्मको छायांकन समेत भएको थियो भने बलिउडका सुपरस्टार अक्षय कुमार अभिनित चलचित्र बेबीको पनि नेपालमा नै छायांकन गरिएको छ । त्यहि मात्र नभएर बलिउडका चर्चित कलाकाररहरु आमिर खान,मिक्का सिंह,अक्षय कुमार,नेहा धुपिया,कपिल शर्मा लगायतका कलाकारहरु पनि नेपाल आइसकेका छन् ।

Dangerous-facebook

यसरी भारतीय कलाकारहरु देखी कुटनितिक नियोगका व्यक्तिहरुले समेत नेपाललाई यति बेला विषेश स्थानमा राख्दैं आाएका छन् । सोहि क्रममा एक बलिउड फिल्मको छायांकनका लागी बलिउडका कलाकार मुग्दा गोड्से र रुस्लान मुम्ताज नेपाल आएका छन् । रुस्लानले भक्तपुर दरवार स्क्वायर क्षेत्रमा सुटिङ गरेको जानकारी दिँदै नेपाली डिनरमा सहभागी हुन लागेको कुरो पोष्ट गर्दै भक्तपुर दरवार स्क्वायरको मुलढोकामा उभिएको तस्बिर समेत पोष्ट गरेका छन् । उनीहरुले फिल्मको वारेमा कुनै कुरा उल्लेख गरेका छैनन् । मुग्दा गोड्सेले आफ्नो फिल्मी करियरको सुरुवात प्रियंका चोपडा स्टारर ‘फेसन’ बाट गरेकी थिइन् भने रुस्लानले ‘मेरा पेहेला पेहेला प्यार’ बाट बलिउडमा पहिलो पाइला टेकेका थिए ।

%d bloggers like this: