Thu. Mar 28th, 2024

फागुन १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र किल्लाले आफ्नो प्रचार प्रसारलाई तिव्रता दिएको छ । प्रदर्शन मिति नजिकदैं गरेपछि यति बेला चलचित्रको जम्बो यूनिट प्रचार प्रसारमा लागी परेको छ । सोहि क्रममा चलचित्र यूनिटले पूर्वबाट आफ्नो प्रसार प्रसारको थालनी गरेको छ । मेचे फिल्मस्को ब्यानरमा रक्षा मेचेको प्रस्तुती रहेको चलचित्र ‘किल्ला’लाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् ।

killa

चलचित्रमा सुभाष मेचे, सुरभी जैन, पुकार भट्टराई, विल्सन विक्रम राईको मुख्य भूमिका छ । कलाकार प्रिया रिजालले यो चलचित्रको एक गीतमा आइटम नृत्य गरेकी छिन् । चलचित्रले भ्रष्टाचार, राजनीति, राष्ट्रियता लगायतको बिषयलाई उठान गरेको देखिन्छ । यो चलचित्र फागुन २९ गतेबाट चल्ने पक्का भएको छ । चलचित्रमा विकास चौधरीको संगीत, कविराज गहतराजको नृत्य छ ।

%d bloggers like this: