Thu. Apr 25th, 2024

बलिउड अभिनेत्री कंगना रनौत क्रिकेटको साह्रै ठूलो फ्यान त होइनन्, तर उनलाई विराट कोहलीबारे राम्रैसँग थाहा छ । आफ्नी निकै नजिककी साथी अनुस्का शर्माको बोइफ्रेण्ड भएकाले पनि विराटलाई उनले करिबबाट चिनेकी छिन् । कंगनाले हालै एक कार्यक्रममा स्वीकारिन्, उनी क्रिकेट हेर्दिनन् ।

जब उनलाई भारतीय क्रिकेट टिमबारे सोधियो तत्कालै उनले जवाफ दिइन्, ‘मलाई अनुस्काको बोइफ्रेण्ड खुबै मन पर्छ ।’ मिडियाकर्मीले कुरा खोतले कतै तपाईं विराट कोहलीको कुरा त गर्दै हुनुहुन्न ? उनले तुरुन्तै जवाफ दिइन्, ‘हो विराट कोहली, म उसलाई खुबै मन पराउँछु ।’ हालै मात्र कंगनाले फिल्म फेयर अवार्डमा ‘क्वीन’वाट सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी थिईन् ।

%d bloggers like this: