Sat. Apr 20th, 2024

हो यो कुरा सुन्दा सायद तपाईहरुलाई पत्यार नलाग्न सक्छ करिब १६ बर्षपछि कलाकार तथा निर्मात्री दिपाश्री निरौलाले आाफुले नै निर्माण गरेको चलचित्र वडा नं.६ मा कम्मर मर्काएकी छिन् । चलचित्र ‘सुकुम्बासी’को ‘घिनघिन मादल’ बोलको गीतमा दिपाले कम्मर मर्काएकी हुन् भने उनलाई प्रियंका कार्की,दीपकराज गिरी, दयाहाङ राई, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेलले पनि साथ दिएका थिए । ‘पटुकीमा सुर्केको सुर्के थैली खैै’ ?  बोलको गीतमा चलचित्रका सबै कलाकारले नृत्य गरेका हुन् । मुलपानीमा भएको छायांकनमा कलाकारहरुलाई शंकर वीसीले नृत्य गर्न सिकाएका हुन् । उज्जवल घिमिरे निर्देशित फिल्म ‘वडा नं ६’ मा दिपकराज गिरी, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, दयाहाङ राई, प्रियंका कार्की, नीर शाह लगायतको मुख्य भुमिका रहेको छ ।

deepak-and-priyanak

बिशेष भुमिकामा निर्मात्री दिपाश्री निरौला पनि देखिएकी छिन् । चलचित्रलाई यसभन्दा अघि ६ एकान ६ निर्माण गरेको यूनिट अर्थात दिपकराज गिरी,दिपाश्री निरौला र निर्मल शर्माले चलचित्र वडा नं.६ निर्माण गरेका हुन् ।

%d bloggers like this: