Fri. Mar 29th, 2024

हामी आफ्नो सहकर्मी वा अरु कसैले अवार्ड देखी सम्मान पायौं भने रिस र डाहा गछौं कारण उक्त व्यक्ति आफुभन्दा ठुलो भयो वा परिचित भयोे भनेर तर एउटा बलिउडको खबर सुन्दा तपाई सबै अचम्मका पर्न सक्नुहुन्छ । शनिवार सम्पन्न फिल्म फेयर अवार्डमा कंगनाले ‘क्वीन’वाट सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी थिईन् । तर, अवार्ड कार्यक्रममा कंगना उपस्थित भएकी थिईनन् । तर उक्त अवार्ड बलिउडकी चर्चित अभिनेत्री रेखाले कंगनाको घरमा नै पुरइदिएकी थिइन त्यो पनि मध्य रातमा ।

करिब १२ बजेतिर कंगना निधाइरहेको अबस्थामा रेखाले कंगनाको घरको ढोका ढकढकाएकी थिइन । सुरुमा कंगनालाई डरपनि लाग्यो तर निकै बेरसम्म पनि उक्त ढकढक आवाज नरोकिएपछि कंगनाले ढोका खोलेकी थिइन । जब कंगनाले ढोका खोलिन तब ढोका अगाडी नै चर्चित अभिनेत्री रेखा थिइन । रेखा उनको त्यहि अवार्ड हस्तान्तरण गर्नका लागि कंगनाको घर पुगेकी थिईन् । क्वीनमा राम्रो अभिनय गरेको भए पनि अवार्ड पाउने कुरामा आफु आशावादी नरहेको भन्दै कंगनाले रेखाले घरमै आएर अवार्ड प्रदान गरेकोमा खुसी ब्यक्त गरिन् ।

%d bloggers like this: