Wed. Apr 24th, 2024

नेपाललाई अन्तराष्ट्रिय फिल्म महोत्सवको आयोजना स्थल बनाउने उद्देश्यले ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ (किफ) सोमबारबाट काठमाडौंमा सुरु भएको छ । रसियन सेन्टर फर कल्चर एण्ड साइन्स तथा स्वीजरल्यान्ड दुतावाससँग सहकार्यमा सुरु भएको ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ (किफ) मा नेपालबाहेक, रुस, भारत, दक्षिण कोरिया, इजरायल, स्पेन, फ्रान्स, नर्वे र दक्षिण अफ्रिका लगायत १२ राष्ट्रका फिल्म प्रदर्शन गरिनेछन् । पाँच दिनसम्म चल्ने यस फिल्म फेस्टिवलमा १० देशका १७ फिल्म देखाइने छ।

timthumb

रुसी साँस्कृतिक केन्द्रमा वरिष्ठ नेपाली फिल्म निर्देशक बि एस थापा तथा नेपाली सिनेमाकी प्रथम अभिनेत्री भुवन चन्द सहित रुस, इजरायल, साउथ कोरिया, युरोपियन युनियनका राजदुत एवम भारत, डेनमार्क, स्वीट्जरल्यान्डका प्रतिनिधिहरुले महोत्सवको सामुहिक शुभारम्भ गरेका थिए । महोत्सवको उद्घाटनमा नवराज बुढाथोकी निर्देशित ‘वनफूल’ देखाइयो। महोत्सवमा नेपालका तर्फवाट डा.खाते, पल, काठमाडौं एवम भिमदत्त सहभागी छन। मङ्गलवार रविराज अर्याल निर्देशित नेपाली फिल्म ‘डा। खाते’ सहित रुस, इजरायल तथा स्विट्जरल्यान्डका फिल्महरु देखाइने छ। महोत्सव नेपाली फिल्म ‘भिमदत्त’ देखाउँदै समापन हुनेछ। महोत्सवमा प्रवेश निःशुल्क रहेको छ ।

%d bloggers like this: