Thu. Apr 25th, 2024

डढेलधुराका किसान नेता भिमदत्त पन्तको राजनीतिक जीवन माथि निर्माण भएको चलचित्र ‘भिमदत्त’को नयाँ अफिसियल गीत रिलिज भएको छ । ‘वारी डाँडाँ’नामक बोलको सार्वजनिक गीतमा चलचित्रका निर्माता एवं नायक नवल खड्का, नायिका सुमिना घिमिरे देखिएका छन् । राजेश पायल राई र सत्यकला राईको स्वर रहेको ‘भिमदत्त’ को सार्वजनिक गीतमा शब्द तथा संगीत मणि थापाको रहेको छ ।

मणी फिल्मका लेखक समेत हुन् । फागुन २२ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र भिमदत्तलाई हिमग्याप टासीले निर्देशन गरेका हुन् । चलचित्रमा निर्माता नवल सँगै सुमिना घिमिरे, निशा अधिकारी रमेश बुढाथोकी एम। एस। अग्रज लगायतको अभिनय रहेको छ । प्रतापचन्द्र तामाङ, विष्णु तोवे, अनुराधा शाह, रामशरण बस्नेतको संयुक्त लगानी रहेको चलचित्रको नेपालसगैं. विदेशका विभिन्न ठाँउहरुमा विषेश प्रदर्शन गरिसकेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=8cMY7dg4w64

%d bloggers like this: