Thu. Apr 25th, 2024

Amitabh-Bachchan-01

बलिउडका मेगास्टार अमिताभ बच्चनले दुई सातापछि सुरु हुने विश्वकप क्रिकेट प्रतियोगिता अन्तरर्गत भारत र पाकिस्तानबीच खेलिने खेलमा कमेन्ट्री गर्न लागेको खबर बाहिर आएको छ । आफ्नो फिल्म ‘शमिताभ’को प्रमोशनका लागि उनले यसो गर्न लागेका हुन् । उनले कपिलदेव तथा शोएब अख्तरजस्ता पूर्वखेलाडीहरुसँगै कमेन्ट्री गर्ने छन् । अमिताभ बच्चनले पुष्टि गर्दै भने, -‘ हाम्रो देशको भावना दुईवटा कुराले जोडेको छ,क्रिकेट र फिल्ममा। यी दुईवटा मोर्चा सम्हाल्नु मेरा लागि रोमान्चक अनुभव हुनेछ।’ भारत–पाकिस्तानबीचको खेललाई दुबै देशका नागरिकले मात्र खेल भन्दा पनि देशको प्रतिष्ठासँग जोडेर हेर्ने गरेका छन् । भारत र पाकिस्तानबीचको यो खेल १५ फेब्रुअरीमा खेलिने छ ।

%d bloggers like this: