Fri. Mar 29th, 2024

मिस नेपाल प्रतियोगिताको २० औं संस्करण आगामी वैशाख २ गते काठमाडौमा हुने भएको छ । आयोजक द हिडन ट्रेजरले प्रतियोगिताका लागि आइतबारबाट आवेदन खोलेको छ । प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरुले फागुन १६ गतेसम्म आवेदन बुझाउन पाउने द हिडन ट्रेजरले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

miss-nepal

आवेदन बुझाउनेमध्ये अन्र्तवार्ता र अडिसनबाट चुनिनेहरुलाई वन्यजन्तु तथा प्रकृति संरक्षण र महिलामाथि हुने हिंसाका विषयमा केन्द्रीत भइ ६ हप्ताको गहन प्रशिक्षण दिइने हिडन टे«जरले बताएको छ । हिडन ट्रेजरले प्रतियोगिताका लागि प्राविधिक टिम छनोट गरेको छ ।

%d bloggers like this: