Fri. Apr 26th, 2024

केहि दिन अगाडी काठमाडौंको प्रज्ञा भवनमा लाइफ प्रोमो प्रस्तुत गरेपछि आफ्नो प्रचार प्रसारमा अघि बढेको र बैशाख २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘होस्टेल रिटन्र्स’ यूनिट यति बेला राजधानीको भृकुटिमण्डपमा जारी क्यान इन्फोटेकमा चलचित्रको प्रचार प्रसारमा व्यस्त छ ।

10550863_912900902077411_7120991965549475955_nत्यहि क्रममा शनिबार भृकुटिमण्डपमा सहभागिहरुले अभिनेता सुशिल श्रेष्ठ अभिनेत्री शशी श्रेष्ठ, हास्य अभिनेता तथा निर्देशक निर्मल शर्मा (गैडा) निर्माता सुनिल रावल, निर्देशक सुरज भुषाल, वितरक गोविन्द शाहि लगायतको अटोग्राफ लिएका थिए । साथैं चलचित्र यूनिटले विभिन्न पुरस्कारहरु पनि प्रदान गरेको थियो । पुरस्कारहरुमा राउटर, एन्टि भाइरस, चार्जर, डायरी, कलमसहितका पुरस्कारहरु सहभागीहरुले जितेका थिए । चलचित्रको जम्बो यूनिटले सहभागीहरुलाई चलचित्रको बारेमा जानकारी मात्र नभएर चलचित्रको प्रोमोनै मञ्चन गरेको थियो । प्रोमो मञ्चनपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गदैं चलचित्रका निर्देशक सुरज भुषालले चलचित्र राम्रो बनेको बताउदै चलचित्र हेर्न अपिल गरे ।

10530747_912900632077438_4824021051311089944_n

त्यस्तै चलचित्रका निर्माता सुनिल रावलले चलचित्रको कथावस्तुसंग सुचनाप्रविधि मेल खाने भएकालेपनि पव्लिसिटिमा लागेको बताए । अभिनेता तथा निर्देशक निर्मल शर्माले ठट्यौली साट्दै ‘होस्टेल रिटन्र्स’लाई बधाई दिदै आफ्नो नयाँ निर्देशकमा बनेको चलचित्र ‘चकलेट’को प्रचारपनि गरेका थिए ।  ६ दिनसम्म चल्ने मेलामा निर्माता सुनिल रावल, कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, स्वस्तिमा खड्कालगायत सहभागि भएका थिए । लाखौं प्रविधिमैत्री पुस्ता सहभागि हुने अपेक्षा गरिएको मेलामा पहिलोपटक नेपाली चलचित्रले पब्लिसिटी थालेको हो ।  दुगिर्श फिल्मस्द्धरा निर्मीत चलचित्र ‘होस्टेल रिटन्र्स’ले टीपी लिंक र क्वीक हिल नामक प्रविधि उत्पादक कम्पनीसंग मिलेर क्यान इन्फोटेकमा इन्सटल राखेका हुन् । बैशाख २५ गते रिलिज हुने लागेको चलचित्र होस्टेल रिटर्न्स सुरज भुषालले निर्देशन गरेका हुन् भने सुनिल रावले निर्माण गरेका हुन् । ‘होस्टेल रिटर्न्स’ दुर्गिश फिल्मस्को तेश्रो प्रोजेक्ट हो । यसअघि निर्माण भएका दुई फिल्म ‘सायद’ र ‘होस्टेल’ व्यवसायिक रुपमा सफल फिल्म हुन् । चलचित्र होस्टेल रिटर्न्स होस्टेलको सिक्वेल हो ।

%d bloggers like this: