Tue. Apr 23rd, 2024

gautam

कलाकार गौतम गुलाटी ‘बिग बोस’ ८ औं सिजनको विजेता बनेका छन् । विजेता गौतमले ५० लाख भारतीय रुपैयाँ र सानदार कार पनि पुरस्कार पाए । गौतम ‘बिग बोस’ को घर आएदेखि नै चर्चामा थिए । उनले १३२ दिन बिग बोसको घरमा बिताएका थिए । शो का क्रममा उनी हरेक खालका दर्शकको मन जित्न सफल भएका थिए । कार्यक्रमको औपचारिक घोषणा हुनु अघि नै बिजेताको नाम ट्वीटरवाट सार्वजनिक भईसकेको थियो । कार्यक्रम फाईनल हुनु एक दिन अघि नै सामाजिक सञ्जालहरुमा उनले ‘बिग बोस’को उपाधी जित्ने कुरा ब्यापक थियो । गौतमले बीग बोसको घरमा त्यति धेरै साथी बनाएनन् । उनको सम्बन्ध पुनीत इस्सरसँग राम्रो थियो । करिश्माको दोस्ती उपेन पट्टेलसँग जमेको थियो । उनीहको सम्बधले दर्शकको समेत ध्यान तानेको थियो । सुरुमा सलमान खानले सञ्चालन गरको यो कार्यक्रम पछिल्लो समय निर्देशक फराह खानले सञ्चालन गरेकी थिईन् ।

%d bloggers like this: