Thu. Mar 28th, 2024

chalechha batas sustari

शनिबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा चलचित्र चलेछ बतास सुस्तरीको शुभमुहुर्त गरिएको छ । प्रदिप भारद्धाजले पहिलो पटक निर्माण गर्न लागेको  चलचित्र चलेछ बतास सुस्तरी पुर्णतया प्रेमकथामा आधारित रहने निर्माणपक्षले जानकारी दिएको छ । अरुण फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा  भारद्धाजका भाइ प्रमोद भारद्धाज, शुष्मा कार्की, आकास पल र पुष्प लुईंटेल, निशा नेपाल, डेबिट शंकर, हेमन्त बुढाथोकी, बालदिप राईको अभिनय रहनेछ ।  चलचित्रलाई सब्बु सुबेदी र अनिला खड्काले निर्देशन गर्नेछन् । रामजी लामीछाने र कविराज गहतराजको कोरियोग्राफी,पुरूषोत्तम प्रधानको छायांकन,बिकास चौधरी र सन्तोष राजौरेको संगीत रहने चलचित्रमा रोशन श्रेष्ठको द्धन्द निर्देशन तथा सुरेन्द्र पौडेलको सम्पादन रहने छ ।

%d bloggers like this: