Thu. Apr 25th, 2024

किङ फिसर सुपर मोडलको सफलता हात पार्न सफल नेपाली आस्था पोखरेल भारतको अर्को मोडलिङ प्रतिस्पर्धामा उत्रिएकी छन । हालैमात्र किङ फिसर सुपर मोडल बनेर चर्चामा आएकी आस्थाले अब टाइम्स मष्ट डिजाइरेबल वुमन २०१४ को प्रतिस्पर्धामा छन । जहाँ उनको प्रतिस्पर्धा बलिउडका चर्चित प्रियंका चोपडा, कैटरिना कैफ र दिपीका पादुकोण,सनी लियोन,आलिया भट्ट, ज्यालिन फर्नान्डेज जस्ता हिरोइनहरुसँग हुँदैछ ।

aastha

बलिउडका प्रायजसो सबै हिरोइनहरु यो प्रतिस्पर्धामा छन । अनलाइन भोटिङका आधारमा टाइम्स मष्ट डिजाइरेबल वुमन २०१४ को घोषणा हुनेछ । यसका लागि आस्थाले आफ्नो फेसबुक पेजमा लिंक सेयर गर्दै भोट मागेकी छन । यो प्रतिस्पर्धा भारतको चर्चित पत्रिका टाइम्स अफ इण्डियाले आयोजना गरेको हो । उसले अनलाइन भोटिङमा आधारमा मष्ट डिजाइरेबल वुमनको घोषणा गर्ने जनाएको छ ।

%d bloggers like this: