Fri. Mar 29th, 2024

सेक्स र्‍याकेटमा पक्राउ परेपछि रातारात चर्चामा आएकी बलिउड अभिनेत्री श्वेता वसु प्रसादले पुनः चलचित्रमा फर्कने भएकी छिन् । रंगेहात पक्राउ परेपछि उनको पक्ष र विपक्षमा बहस समेत भएको थियो । पछि उनले प्रशासनबाट क्लिन चिट पाइन् । जेलबाट बाहिर आउनेबित्तिकै उनले आफू त्यसमा संलग्न नरहेको बताएकी थिइन् । हालसालै श्वेताले नयाँ फोटोसेसन गर्दै सामाजिक सञ्जालमा सेयर समेत गरेकी छिन् । ग्ल्यामरस देखिएका उनका पछिल्ला तस्वीरहरु सामाजिक सञ्जालमा चर्चामा छन् । हैदरावादमा रहँदै आएकी उनले विगत बिर्सिएर पुनः काम सुरु गर्न थालेकी हुन् । मकडी, इकबाल, वाह् लाइफ हो तो ऐसी, डरना जरुरी हैजस्ता हिन्दी फिल्ममा काम गरिसकेकी उनी छिट्टै निर्देशक हंसल मेहताको फिल्ममा अभिनय गर्दै छिन् ।

%d bloggers like this: