Wed. Apr 24th, 2024

aajai pani

निर्देशक आलोक नेम्वाङ त अब हामी माँझ छैनन् । तर, उनले आफूले निर्देशन गरेको अन्तिम चलचित्र ‘अझै पनि’ भने दर्शकका लागि छोडेर गएका छन् । फाल्गुण १५ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र आलोक नेम्वाङको अन्तिम चलचित्र भएका कारण पनि एकपटक हेरिदिनु पर्ने निर्माणपक्षले आग्रह गरेको छ । पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेको चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली चलचित्रको पर्दामा मौलिकता र प्रेम पस्कन सिपालु निर्देशक नेम्वाङले ‘अझै पनि’लाई गाउँले परिवेशमा चित्रिण गरेका छन् । जीवनको कालखण्डमा ३ वटा चलचित्र मात्र निर्देशन गरेका आलोकका लागि ‘अझै पनि’ विशेष छ । साथैं स्व.निर्देशक आलोक नेम्वाङ्को स्मृतीमा ‘ट्रष्ट आलोक’ घोषणा समेत भएको छ । स्व.आलोककी माता अध्यक्ष रहने गरी उक्त ट्रष्ट अघि बढ्ने निर्माता पुनम गौतमले बताईन् । उक्त ट्रष्टको संरक्षक पुनम इन्टरटेन्टमेण्ट रहनेछ । ट्रष्टको पहिलो कार्यक्रम पनि घोषणा गरिसकिएको छ ।

%d bloggers like this: