Thu. Mar 28th, 2024

dilip

चलचित्र अग्निको छायाँकन समाप्त भएको छ । जयश्री बुढासुब्बा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र अग्निको छायाँकन समाप्त भएको र हाल चलचित्र सम्पादनमा रहेको निर्देशक उदय सुव्बाले जानकारी दिए । चलचित्र अग्निको छायाँकन पूर्वाञ्चलकको विर्तामोड, झापा आसपासमा भएको हो । भुपेन्द्र लिङ्देनको प्रस्तुति रहेकोे चलचित्र अग्निमा दिलीप रायाझी, जीवन लिम्बु, रमा लिम्बू, भीम केरुङ, राम वि.क.,उदय सुब्बा, देवनारायन चौधरी, कुमार सिलवाल आदिको अभिनय रहेको छ भने द्वन्द्व जनक, संगीत विकास चौधरीको रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित एक्शन प्रधान विषयवस्तु भएपनि चलचित्र पूर्ण रुपले मनोरञ्जनात्मक रहेको निर्देशक सुब्बाले बताएका छन् ।

%d bloggers like this: