Fri. Apr 26th, 2024

katrina-ranbir
बलिउडका चर्चित प्रेमजोडी रणवीर कपुर र कट्रिना कैफको विषयमा बेलायतमै इन्गेजमेन्ट भएका कुरा देखी हाल सगैं बस्दै आएको कुरा सम्म सार्वजनिक भएका छन् । अब भने उनीहरु भेटघाटमा प्रतिबन्ध लगाइने भएको छ । निर्देशक अभिषेक कपुरले केही दिनका लागि उनीहरुलाई भेटघाटमा प्रतिबन्ध लगाउने योजना रहेको खबर बाहिर आएको छ । ‘कोई पो छे’का निर्देशक अभिषेक नयाँ फिल्म ‘फितूर’ निर्माणको तयारीमा छन् । यस फिल्ममा कट्रिना कैफ र आदित्य राय कपुरले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । निर्देशक अभिषेक कपुरले रणवीरलाई भेटेर नै कट्रिना कैफ सुटिङमा भएको बेला नआईदिन आग्रह गरेका छन् । यस फिल्मको अधिकांश सुटिङ काश्मिरमा हुने भएको छ । काश्मिरमा धेरै जाडो हुनुको साथै सुटिङका लागि लागत समेत महंगो पर्ने भएकाले निर्देशक अभिषेकले सकेसम्म छिटो सुटिङ सकाउन चाहेका छन् ।

%d bloggers like this: