Wed. Apr 24th, 2024

सामाजिक विषयमा टेलिश्रृखला निर्देशन गर्दै आएका लय संग्रौला निर्देशित चलचित्र ‘लोग्ने मान्छे’ले सेन्सर बोर्डबाट ‘यूनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ । बिहिबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हरेपछि लोग्ने मान्छेलाई ‘यूनिभर्सल सर्टिफिकेट’ दिएका हुन् । माघ २३ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र लोग्ने मान्छेलाई अब सबै बर्गका दर्शकले चलचित्र हेर्न पाउनेछन् ।

lognemanchey

दिलीप र नन्दिता केसी, लय संग्रौला, निक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, रीचा थापा, ध्रुव कोइराला, सङ्गीता लिम्बू लगायतले चलचित्रमा अभिनय गरेका छन् । चेतन सापकोटाको संगीत, स्वरुपराज, दीपक लिम्बू, माण्डवी त्रिपाठी, इन्दिरा जोशी र अञ्जु पन्तको स्वरमा चलचित्रको गीत तयार  भएका छन् । चलचित्रका सबै गीतहरु चलचित्रका निर्देशक लय संग्रौला आफैंले लेखेका हुन् भने छायांकन कृष्ण श्रेष्ठ र द्वन्द्व रोशन श्रेष्ठले गरेका छन् । चलचित्रलाई प्रदीप मित्तलले निर्माण गरेका हुन् ।

%d bloggers like this: