Thu. Apr 25th, 2024

विश्व साईकल यात्री वरुण अधिकारीद्वारा निर्देशित चलचित्र ब्याड ब्वाई पोस्ट प्रोडक्सनको अन्तिम चरणमा पुगको छ । मनोज फिल्मस् प्रोडक्सको ब्यानरमा निर्माण गरिएको चलचित्र ब्याड ब्वाइमा चलचित्रमा उदयपुरका दुई युवाहरु त्रियुगा नगरपालिका ७ भुल्केका सुशान्त हरिस्क र मोतिगडाका विश्व उल्टो साइकलयात्री विरेश दाहालको मुख्य भूमिका रहेको छ । सामाजिक कथा वस्तुमा आधारित चलचित्र ‘व्याड व्वाई’ नेपाली समाजमा रहेको वर्तमान युवाहरुको आर्थिक, सामाजिक अवस्थालाई उजागर गर्दै बढ्दो बेरोजगार युवाहरुको कथालाई मुख्य विषय बस्तु बनाइएको निर्देशक अधिकारीले बताए ।

चलचित्रमा उदयपुरका नव नायक सुशान्त हरिस्क, राजेश ढुंगाना, विश्व उल्टो साइकल यात्री बिरेश दाहाल, नागे डंगोल, सुरविर पण्डितका साथै नायिका सुमित्रा श्रेष्ठ, रोशनी घिमिरे, निशा थापा, रञ्जु सिलवाल लगायतको अभिनय रहेको छ । मनोज थापाले निर्माण गरेको उक्त चलचित्रमा द्वन्द राजु जङ्ग थापा, संगित राम कार्की, नृत्य निर्देशन दिनेश कुमार डिसि, छायाँकन विनोद सापकोटाको रहेको छ । चलचित्रको काठमाडौं,चितवन, मुग्लिन,पोखरा लगायतक रमणिय स्थानमा चलचित्रको छायांकन गरिएको छ ।

%d bloggers like this: