Thu. Apr 18th, 2024

नेपाललाई अन्तराष्ट्रिय फिल्म महोत्सवको आयोजना स्थल बनाउने उद्देश्यले ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ (किफ) आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटीले माघ १९ गतेदेखि २३ गतेसम्म दोस्रो काठमाडौं अन्तराष्ट्रिय फिल्म महोत्सव (किफ) गर्ने भएको छ। महोत्सवमा नेपालबाहेक, रुस, भारत, दक्षिण कोरिया, इजरायल, स्पेन, फ्रान्स, नर्वे र दक्षिण अफ्रिका लगायत १२ राष्ट्रका फिल्म प्रदर्शन गरिनेछन् । बिहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली चलचित्र ‘वनफूल’ प्रिमियर गर्दै किफको उद्घाटन गरिने जानकारी दिइयो।

timthumb (1)

त्यसैगरी किफमा वनफूलका अलावा फिल्म फेस्टिवलमा चार नेपाली चलचित्र ‘डा.खाते’ , ‘भीमदत्त’, ‘पल’ तथा ‘काठमाडौं’ पनि देखाइने छ । रसियन कल्चर सेन्टरमा हुने फिल्म फेस्टिवलमा नेपालका अलावा भारत, रसिया, साउथ कोरिया, इजरायल, नर्वे,स्वीजरल्यान्ड, फ्रान्स, डेनमार्क तथा स्पेनका सिनेमाहरु देखाइने छ भने महोत्सवको समापन नेपाली चलचित्र ‘भिमदत्त’बाट हुनेछ। महोत्सव रसियन सेन्टर फर कल्चर एण्ड साइन्स तथा स्वीजरल्यान्ड दुतावाससँग सहकार्यमा हुन लागेको हो। महोत्सवमा प्रवेश निशुल्क रहेको छ।बैंकर्स् सेलिब्रेटी रविना देशराज श्रेष्ठ तथा अभिनेत्री करिश्मा मानन्धर यस महोत्सवका ब्रान्ड एम्बेसेडर हुन ।

%d bloggers like this: