Mon. Jun 27th, 2022

बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजले फेरि दबंग अभिनेता सलमान खानको बारम्बार तारिफ गरिरहेकी छिन् । उनले सलमान प्रेरणादायी मानिस भएको बताउँदैं आफ्नो हिन्दी सुधार्न सहयोग गरेकी बताएकी छन । ज्याक्लिनले सलमानसँगै अघिल्लो वर्ष रिलिज भएको सुपरहिट चलचित्र किकमा काम गरेकी थिइन । जसमा उनी सलमानको अपोजिट देखिएकी थिइन ।

jai

श्रीलंकाली मुलकी यी अभिनेत्रीले सलमानसँग काम गरेपछि आफ्नो हिन्दीमा सुधार आएको बताइन । कतिपयले उनीहरुबीच प्रेम रोमान्स चलिरहेको अडकल काटिरहेका छन । उनले किकको प्रमोशनका क्रममा पनि आफूलाई सलमानले निकै प्रेरित गरेको बताउँदैं आफ्ना लागि सलमान प्रेरणादायी भएको बताइन । ज्याक्लिन आजभोलि आफ्नो नयाँ चलचित्र रोय को प्रमोशनमा ब्यस्त छिन । यसपछि उनी अक्षय कुमारसँगै ब्रदर्स चलचित्रमा काम गर्नेछिन् ।