Fri. Apr 26th, 2024

गाउँको कुख्यात हत्याराले कालपञ्चमीको नाममा मानिसको बलि दिने विषय बस्तुमा निर्माण भएको चलचित्र झिग्रानाको ‘प्रतिविम्ब’ नामक बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीतमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् भने गायक संयोग शाही पनि देखिएका छन् । गीतमा संगीत इमान शाहको र शब्द गायक संयोग शाहीको नै रहेको छ । ग्रामीण भेगमा अझै पनि मानिदै आएको भयाउने र बलीदिने भन्ने विषयलाई मुख्य बिषय बनाएको चलचित्रका कलाकारले आफ्नो यात्राको क्रममा ‘झिग्राना’ नामको गाउँमा यो टोली बास बस्दा भोगेका अप्ठ्यारा पाटाहरुलाई चलचित्रले पर्दामा उतारेको निर्देशक पासाङ लामाले बताए । जर्मन नागरिक हना गेस्चिव्स्की, मेनुका प्रधान, निकुन श्रेष्ठ, दिवाकर पिया, ज्योती कार्की, शान्ती गिरी,बिना पाण्डे, अरुण रेग्मी लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।

Jhigrana

निर्देशक लामाले नै लेखेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, इमान विक्रम शाहको संगीत तथा पाश्र्वगायन रहेको छ । गोल्डन याक इन्टरटेन्मेन्टले आफ्नो निर्माणमा तयार भएको पहिलो चलचित्र ‘झिग्राना’ ले सस्पेन्स तथा थ्रिलर कथालाई समेटीएको छ । साथैं चलचित्रयूनिटले आफ्नो प्रचार प्रसारमा नयाँ पन दिने क्रममा देशब्यापी गायन प्रतियोगीताको आयोजना गरेको छ । प्रतियोगितामा उत्कृष्ट हुनेले नगद एक लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितमा भाग लिन चलचित्र ‘झिग्राना’ को ‘नाचन’ बोलको गित गाएर इन्टरनेट मार्फत आफ्नै एकाउन्ट बाट युवटुवमा अपलोड गर्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगीता शुरु भइसकेको छ । आगामी माघ २७ गते भित्र आफुले गाएको गित युवटुवमा अपलोड गरीसक्नुपर्ने आयोजक तथा चलचित्र निर्माण कंपनी गोल्डेन याक इन्टरटेनमेन्टले जनाएको छ । आगामि फागुन १८ गते भोटिङको आधारमा बिजेता घोषणा गरी एक जनालाई नगद एक लाख प्रदान गरीनेछ । चलचित्र झिग्राना फागुन २२ गते देशभर प्रदर्शनको तयारीमा रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=LTjhhQqDR_s#t=33

%d bloggers like this: