अमेरिकी गायिका टेलर स्वीफ्टको ट्वीटर खाता ह्याक भएको छ। ह्याकरहरुको समूह लिजर्ड स्कवाडको एक सदस्यले टेलरको खाता ह्याक गरेका हुन। त्यसैगरि टेलरको इन्सटाग्राम खाता पनि ह्याक भएको छ। आफ्ना ट्वीटर र इन्स्टाग्राम खाता ह्याक भएको स्वीकार गर्दै टेलरले टम्बलर्रमा ट्वीटर खाता ह्याक भएको जनाउँदै ट्वीटर ह्याकरले गरेका पोस्टहरु हटाइरहेको हुँदा केही समयसम्मका लागि उनको खाता बन्द हुनेछ। ह्याक हुनु पछाडीका कारण पत्ता नलाएसम्म र आफुलाई नयाँ पासवर्ड नदिएसम्म आफ्नो खाता बन्द रहने टेलर स्वीफ्टले बताएकी छिन् ।