Fri. Mar 29th, 2024

भ्रष्टाचारको कथालाई उठान गरिएको चलचित्र सम्बोधन आजबाट देशभर प्रदर्शनमा आएको छ । करिब देशभर गरि ६० वटा हलमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र सम्बोधनलाई होस्टेल र जेर िजस्तो व्यबसायिक सफल चलचित्र निर्देशन गरेका निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन् । ‘सम्बोधन’मा नम्रता श्रेष्ठ, दयाहाङ राई, प्रशान्त ताम्रकार, विनय भट्ट र शुलेमान शंकर ‘इकु’ को मुख्य भूमिका रहेका छन् ।

sambodhan

चलचिब सम्बोधन लाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । भ्रष्टाचारको कथालाई उठान गरिएको यो चलचित्रमा दयाहाङ राई, नम्रता त्रिचन्द्र कलेजका स्ववियू सभापती समेत रहेका भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक बिसीले नै यो चलचित्र लेखेका हुन् । चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ । चलचित्र निर्माणकै क्रममा राम्रो प्रतिक्रिया आईरहेकाले चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । चलचित्र सम्बोधनसँग अरु कुनै पनि चलचित्र एकसाथ प्रदर्शनमा नआएका कारण सम्बोधनले केहि राम्रो व्यापार गर्न सक्ने अनुमान लगाइएको छ ।

%d bloggers like this: