Thu. Apr 25th, 2024

फागुन ८ गते नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘इच्छा’ नेपालमा प्रदर्शन नहुँदै अष्ट्रेलियामा नौ लाखमा सहमती भएको निर्देशक मुनाल घिमिरेले बताए । फिल्मको तर्फबाट निर्देशक घिमिरे र अष्ट्रेलियाको लब्लि इन्टरटेन्मेन्टको तर्फबाट शेषमणी शर्माले संयूक्त रुपमा सहमती पत्रका हस्ताक्षर गरेका छन् । चलचित्र इच्छा २०१५ को मे महिनामा प्रदर्शन गरिने बताईएको छ । अष्ट्रेलियामा चलचित्रको प्रदर्शनका लागी नेपालबाट निर्देशक घिमिरे जाने भएका छन् । अष्ट्रेलियासँगै जापान, अमेरिका लगायतका देशमा प्रदर्शन गर्ने कुरा अन्तिम चरणमा पुगेको बताईएको छ । घिमिरेले भने ‘हामीले अरु देशका लागी पनि कुरा चलाएका छौं हामी प्रोमो देखाएर कसैलाई झुक्याउँदैनौ हामी पुरा फिल्म नै देखाउँछौ ।’

ischya

द्धन्द्ध,माया प्रेम,कमेडी सबैको मिश्रण रहेको इच्छाको ट्रेलरले नै दर्शकको मन जित्ने निर्माणपक्षले दाबी गरेको छ । निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र ‘इच्छा’ ‘कमेडी लभ स्टोरी’ हो । चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । चलचित्रको छायांकन दाङ्, भैरहवा, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा गरिएको छ ।

%d bloggers like this: