Fri. Apr 26th, 2024

गायक तथा हाँस्य कलाकार आरपी भट्टराईले तोते बोलीको दोस्रो गिती अडियो एल्बम नेपाली भुँडीमा दर्शक माझ बजारमा ल्याएका छन् । हालै उनले युट्युबमार्पmत उक्त नेपाली भुँडीमा रहेको म्युजिक भिडियो सार्बजनिक गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा (जोगिन्दर), पल्पसा डंगोल (चम्सुरी), मरिचमान श्रेष्ठ (बल्छि धुब्रे), ज्योती काफ्ले (नक्कली बाबुराम) विनोद मानन्धर, नायिका तथा मोडल अनिता केसी, मोडल रिना गिरीलगायत झण्डै एक दर्जनले अभिनय गरेका छन् । ‘गायक प्रकाश पौडेलले रोएर गीत गाउनुभयो, मदनकृष्ण श्रेष्ठले हासेर गीत गाउनुभयो, उहाँका छोरा यमन श्रेष्ठले खासखुस गरेर गीत गाउनुभयो’ टेलिभिजन दर्शकमाझ इन्जियनियल लादालामका रुपमा चिनिएका आरपी भन्छन् ‘मैलेचाहिँ मलाई चिनाउने लादालाम क्यारेक्टरअनुसार तोतेबोलीमै गीत गाएँ।’ सधैं केही नयाँ गरौं भन्ने सोचेर नयाँ नयाँ प्रयोग गर्दै आएका भट्टराईले कमेडी सिरीयल तितो सत्यमा तोत बोली बोल्ने अधवैशेको पात्रसँगै आफ्नैं बडेमानको भुँडी सुहाउँदो शव्दका साथ तोते बोलीमा गीत गाएका हुन् ।

pppp

हाँस्य कलाकारका रुपमा स्थापित भट्टराई गायकका रुपमा पनि स्थापित नाम हुन्। उनले नेपाली भुँडी अगाडि पनि याया थुक्क नामक एलबम बजारमा ल्याएका थिए। नेपाली भुँडीमा भने ९ गीत संग्रहित छन्। यसका २ गीत माली गाईको घ्यु रअमलिसोको कुच्चोले यसअघि नै बजार तताईसकेको छ भने यसको म्युजिक भिडियो पनि आईसकेको छ । हाँस्य टेलिश्रृङखला ‘तितोसत्य’मा तोते बोली बोल्ने अधवैशे पात्रको रुपमा चिनिएका सिरीयलमाझैं लादालाम मेलो नाम, इन्दिनियल मेलो काम, बिहे नगली हुन्छु कि पलमधाम जस्ता शव्दबाट शुरु हुने गीतमा आरपीले तोते बोलीमै गाएका छन् । हाँस्य अभिनेताका रुपमा स्थापित भट्टराई गायकका रुपमा पनि परिचित छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=E2czrv1cooQ

%d bloggers like this: