Tue. Apr 16th, 2024

हरेक वर्ष इन्टरफेस, नेपालले आयोजना गर्ने ६० सेकेण्ड सर्ट फिल्म फेस्टिभल मंगलवार राजधानीमा सम्पन्न भएको छ । ६० सेकेण्ड सर्ट फिल्म फेष्टिभलमा समलिंगी युवाको भावना समेटिएको फिल्म ‘अमूर्त’ पहिलो भएको छ । गोपाल त्रितालद्धारा निर्देशित एक मिनेट अवधिको उक्त फिल्मले पुरस्कार स्वरुप २५ हजार नगद प्राप्त गरेको छ । त्यस्तैं डायमोण्ड उप्रेती निर्देशित ‘चुङ्गी’ दोस्रो र हिरन श्रेष्ठ निर्देशित फिल्म ‘टक्सिक टेररिजम’ले तेस्रोस्थान हासिल गरेका छन् । दोस्रो र तेस्रोले क्रमश १५ र १० हजार पुरस्कार पाएका छन् । कार्यक्रममा समसामयिक विषयमा बनेका ६० सेकेण्ड अवधिका ६५ वटा छोटा फिल्म प्रदर्शन गरिएको थियो । प्रतियोगितामा खड्गी शाहीको निर्देशन रहेको ‘लाइफ फाइल’ले जुरी अवार्ड पाएको थियो ।

60-sec-short-film-fest-filmybazar

नवविजय श्रेष्ठको निर्देशन रहेको ‘एक सोच’ ले पब्लिक च्वाइस अवार्ड पाएको छ । दुबै विधामा पुरस्कृत फिल्मले १०र१० हजार नगद पुरस्कार पाए । फेस्टिभलमा देश भित्रबाट राजनीति, गरिवी, विभेद, द्धन्द्ध, बेरोजगार, वातावरण, चाडपर्ब, कला, संस्कृति, पर्यटन, शिक्षा, फिक्सन, अपाङ्गता, कृषि, ब्यङ्ग्य, एनिमेसन लगायत देशको विविधता समस्याहरु झल्कने फिल्महरु सहभागी थिए । पाँच सदस्यीय जुरी उक्त फेस्टिभलको निर्णायक मण्डलमा वरिष्ठ चलचित्र निर्देशक तथा कलाकार नीर शाह, अभिनेता राजेश हमाल, कलाकार सुजन चित्रकार, तथा बैंकर रविना देशराज श्रेष्ठ र चलचित्र समीक्षक दिपेन्द्र लामा थिए ।

%d bloggers like this: