Fri. Apr 19th, 2024

‘बाटोमुनीको फुल’ चलचित्रबाट दर्शकमाझ एक सफल गायकको रुपमा मात्र नभएर अभिनेताको रुपमा पनि चिनिन सफल बाबु बोगटीले बिबाह गरेको कुरा धेरै पहिला सार्वजनिक भएको थियो तर हालसम्म पनि बाबु बोगटीले बिबाहको फाटो सार्वजनिक गरेका थिएनन । तर बाबुले बिबाह गरेको १८ महिना पछि श्रीमतीको र आफ्नो बिबाहको फोटो सार्बजनिक गरेको छ । बाबुले १८ महिना अगाडी फुलु मिझारसंग बिबाह गरेका हुन्, अहिले फुलु अमेरिकामा बस्दैं आएकी छिन् ।

गायक हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेका बाबुले १ दर्जन भन्दा बढी चलचित्रहरुमा अभिनय गरि सकेका छन् । सान्नानी हिर्कौला लठ्ठीले, जाने मायालु, जस्ता लोकप्रिय गीतहरु गाएका बाबुले केहि चलचित्रमा समेत संगीत तथा गित पनि गाई सकेका छन् । चलचित्र बाटो मुनिको फुलको ‘हे तुलसी आँगनमा रोपौला’ चलचित्र बितेका पलको ‘जब साँझ पर्छ तिम्रो याद आउछ’ बोलको गित गाएका बाबुले चलचित्रको पनि राम्रो संगीत गरेका छन् ।

%d bloggers like this: