Fri. Mar 29th, 2024

download

अश्लिल गाली गरेको आरोपमा मोडल साहना बज्राचार्य र सुरज गिरीलाई प्रहरीले पक्राउ गरेको छ । फोनबाट अश्लिल गाली गर्नुका साथै हत्या गर्ने धम्की दिएको भन्दै हर्षबर्धन साहनीले उजुरी दिएपछि प्रहरी अपराध महाशाखाले बज्राचार्य र गिरीलाई पक्राउ गरेको हो । दुबैलार्इ नियन्त्रणमा लिइएको अपराध महाशाखा प्रमुख पुष्कर कार्कीले जानकारी दिए । प्रारम्भीक अनुसन्धानका क्रममा पीडितको दाबी अनुसारको गतिविधि भएको देखिएको र मुद्दा प्रक्रिया अघि बढाउन महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । कार्कीका अनुसार उनीहरुले साहनीलाई अश्लिल सन्देशहरु समेत प्रहरीले भेटाएको छ । सहनी विज्ञापन तथा म्युजिक भिडियो बनाउने कम्पनीका सञ्चालक हुन् । स्रोतका अनुसार सहनीले प्रहरी कार्यालयमा बुझाएको अडियो रेकर्डमा दुवैले उनको हत्या गर्ने सम्मको धम्की दिएका छन् ।

%d bloggers like this: