Wed. May 8th, 2024

केहि दिन देखी काठमाडौंका कलेज कलेजमा गएर चलचित्रको प्रोमो नै मञ्चन गरिरहेको चलचित्र ‘होस्टेल रिटर्न्स’ले बुधबार भृकुटीमण्डमा सुरु भएको प्रविधि मेला क्यान इन्फोटेकमा चलचित्रको प्रचारमा नयाँ काइदा थपेको छ । क्वीकहिल एन्टिभाइरस नामक कम्पनीसँग सहकार्यमा चलचित्रले स्टलमार्फत प्रविधिप्रेमी दर्शकमाझ फिल्मको पब्लिसिटी गर्यो । ६ दिनसम्म चल्ने मेलामा निर्माता सुनिल रावल, कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, स्वस्तिमा खड्कालगायत सहभागि भएका थिए । क्यान इन्फोटेकको पहिलो दिन कलाकारले प्रयोगकर्तालाई एन्टिभाइरस, राउटर, चार्जर लगायत उपकरण बेचेका थिए । बुधवार नै क्यान इन्फोटेकको समुद्घाटन समारोहका प्रमुख अतिथि तथा सम्माननीय उपप्रधानमन्त्री प्रकाशमान सिंहले फिल्मको युनिट रहेको स्टलको अबलोकन गरी संक्षिप्त जानकारी समेत लिएका थिए ।

hostel

लाखौं प्रविधिमैत्री पुस्ता सहभागि हुने अपेक्षा गरिएको मेलामा पहिलोपटक नेपाली चलचित्रले पब्लिसिटी थालेको हो । ‘हाम्रो फिल्मको कथा पनि इन्जिनियरिङका विद्यार्थीहरुको भएकाले यो प्रविधिसंग पनि जोडिन्छ’, निर्माता रावलले भने– ‘यसकारण हामीले यो मेलालाई प्रमोशनका लागि उचित ठान्यौँ । ‘अब फिल्मका सम्पुर्ण कलाकार र युनिट मेला अवधिभर यँहा आउने प्रविधि प्रेमीहरुसंग अन्तरक्रियामा रहनेछ’, उनले भने ।  डेब्यु अभिनेता श्रेष्ठले पनि प्रविधिमैत्री दर्शकको चाहना र सिनेमाको कथा गाँसिएको बताए । क्वीकहिल एन्टिभाइरस कम्पनी निर्देशक अक्षय अग्रवालका अनुसार संचालन गरिने लक्की ड्रमार्फत भाग्यमानी ग्राहकलाई गिफ्ट ह्याम्पर र सिनेमाको टिकट उपलब्ध गराइनेछ । बैशाख २५ गते रिलिज हुने लागेको चलचित्र होस्टेल रिटर्न्स सुरज भुषालले निर्देशन गरेका हुन् भने सुनिल रावले निर्माण गरेका हुन् । ‘होस्टेल रिटर्न्स’ दुर्गिश फिल्मस्को तेश्रो प्रोजेक्ट हो । यसअघि निर्माण भएका दुई फिल्म ‘सायद’ र ‘होस्टेल’ व्यवसायिक रुपमा सफल फिल्म हुन् । चलचित्र होस्टेल रिटर्न्स होस्टेलको सिक्वेल हो ।

%d bloggers like this: