Sat. Dec 9th, 2023

अन्तरराष्ट्रिय कलाकार मञ्च यूरोप’को प्रस्तुतीमा ‘नेपाल बेल्जियम फ्रेन्डसिप एसोसियसन र अन्तरराष्ट्रिय कलाकार मञ्च (नेपाल)’ को संयुक्त आयोजनामा आउँदो सेप्टेम्बर २६ तारिखमा बेल्जियममा ‘अन्तरराष्ट्रिय कलाकार मञ्च सम्मान २०७१’ आयोजना हुने भएको छ । पहिलो संस्करणको आइएफए अवार्डमा विभिन्न १४ विधा बिच प्रतिस्पर्धा हुनेछ । अन्य तीन विधा थप गरिने अन्तरराष्ट्रिय कलाकार मञ्च (नेपाल) का अध्यक्ष प्रदीप कुमार उदयले बताए । उक्त अवार्ड कार्यक्रममा सहभागी हुन २५ जनाको टोली नेपालबाट बेल्जियम जाने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अवार्डका लागि नेपालबाट गएका कलाकार ५ दिन यूरोपमा रहनेछन् ।

kalakar-manch

अवार्डका लागि उत्कृष्ट गायक सम्मान, गायिका सम्मान, नेपाली संगीत विशेष योगदान (अन्तरराष्ट्रिय) सम्मान, नेपाली चलचित्र विशेष योगदान सम्मान, नेपाल सेवा सम्मान, उत्कृष्ट नृत्य निर्देशक सम्मान, खलनायक सम्मान, हाँस्य कलाकार सम्मान, गीतकार सम्मान, संगीतकार सम्मान, चलचित्र सम्मान, निर्देशक सम्मान, नायक सम्मान, नायिका सम्मानका विधाहरु रहेका छन् । प्रत्येक वर्ष भिन्न भिन्न देशमा आइएफए अवार्डको आयोजना हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै प्रदिप उदयले भने-‘अवार्ड आयोजनाबाट भएको मुनाफा रकम स्वास्थ्य कोषमा जम्मा गर्नेछौं ।’ आइएफएले एक करोड बराबरको स्वास्थ्य कोष स्थापना गरेर विपतमा परेका कलाकर्मीलाई सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष उदयले बताए । सोहि स्वास्थ्य कोषबाट नेपाली फिल्ममा दुई दशकदेखि प्राविधिकको रुपमा आवद्ध हाल अस्वस्थ रहेका सन्तु गुरुङ र महानन्द चौधरीलाई २६-२६ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

%d bloggers like this: