Sun. Jun 26th, 2022

पछिल्लो सुपर हिट चलचित्र हिम्मतवाली का दुवै हात बिहिन हिम्मतवाला नायक सुदर्शन गौतम अब सुपरहिरो बनेर दर्शकमाझ आउने भएका छन् । हिम्मतवाली चलचित्रमा अभिनय गरेपछि पुन चलचित्र खेल्ने खासै मनसाय नबनाएका सुदर्शन गौतम अब एक्शन कमेडी हिरोको रुप मा पर्दामा देखिन लागेका छन् । कलाकार पुष्कर भट्टको कम्पनी आविस्कार मुभि मेकरको ब्यानरमा निर्माण हुन लागेको चलचित्र सुपर हिरोमा सुदर्शन गौतम मुख्य भुमिकामा देखिन लागेका छन् । कथा बिल्कुलै फरक र मन छुने भएकोले आफुले चलचित्र सुपर हिरोमा अभिनय गर्न लागेको सुदर्शनले बताए । सुपर हिरो सुदर्शन गौतम नयाँ चलचित्रको लागी ट्याप डान्स, एक्शन, दुवै हात नभएको मानिस ले गर्ने स्विमिङ्ग र हेलिकोप्टर स्टन्ट ट्रेनिंग अमेरिकामा बसेर सिकिरहेको कलाकार पुष्कर भट्टले बताए ।

sudarsand 3

अब बिल्कुलै नयाँँ कथामा तयार हुने चलचित्र सुपर हिरोको लागि सुदर्शनले हेलिकोप्टरबाट समेत हाम फाल्न लागेको जानकारी हुन आएको छ। बलिउड तथा हलिउडका सिनेमाहरुमा समेत हिरोहरुले यस्तो खतरनाक स्टन्ट आफै गर्दैनन् तर सुपरहिरो किन आफै यो स्टन्ट को लागि तयार भए त भन्ने प्रश्न मा गौतम भन्छन -‘हेर्नुस मेरो जिन्दगी नै एउटा स्टन्ट र प्रेरणा हो ,जब देखि मैले आफ्नु हात गुमाए मैले हरेक दिन आफ्नो जिबन सफल बनाउँन यो भन्दा खतरनाक स्टन्टहरु गर्दै आएको छु , कति स्टन्टहरु मानिसले देख्छन कति देख्दैनन। मलाई हेरेर धेरै मानिसहरुमा एक प्रकारको आत्मबल बढेर आउछ , मानिसले चाहेमा जे पनि गर्न सक्छ है भन्ने कुराको आज म जोलन्त उदारहण बन्न सफल भएको छु , यो उपज र सफलता तिनै स्टन्ट हरु बाट प्राप्त भएका हुन् ।’ सुदर्शनले २०१४ मा क्यानाडा सरकारबाट हल ओफ फेमको अवार्ड समेत पाएका थिए ।

बहुप्रतिभाका धनी क्यानडीयन नागरिक सुदर्शन चलचित्र सुपर हिरोमा एक सशक्त भुमिकामा देखिने पुष्करले बताए । यो चलचित्र एउटा सुपर नेचुरल पाओर प्राप्त मानिसको कथामा आधारित मनोरञ्जन प्रदान चलचित्र हुनेछ। एउटा दुवै हात नभएको मानिसले चाहेमा के के सम्म गर्न सक्छ भन्ने कुरा प्रस्तुत गरिने छ यो चलचित्रमा। यो चलचित्रमा सुदर्शनको दुवै हात बिनाको डान्स, कमेडी ,फाइट र जोडदार अभिनय हुने छ ,पहिलो पटक नेपाली चलचित्रमा जुन कुरा हामीले सामान्य तया बिस्वाश नै गर्न गाह्रो पर्छ। त्यस्तै हाल अमेरिकामा रहेका सुदर्शनले पनि यो कुरा स्विकार गरेका छन् अर्थात सुदर्शनले आफु सुपर हिरो चलचित्र खेल्ने खुलाएका छन् । पुस्कर भट्ट जो बिगत धेरै लामो समय देखि अनबरत यो पेशामा लागेका एउटा राम्रो कलाकार हुन् साथै मेरो आत्मिय मित्र पनि। भट्ट जी को यो सुपर हिरो को सोच बिगत लामो समय देखी नै थियो तर एउटा असल आफु लाई माया गर्ने भलो चाहने साथि को लागि पनि नाइँ भन्नै सकिन र उहाँको ब्यानर बाट बन्न लागेको पहिलो चलचित्रमा मैले उहाँ जस्तो राम्रो कलाकार संग काम गर्दा खुशी लाग्ने सुपर हिरो सुदर्शनले बताए।

sudarsan

पुस्कर भट्टले जानकारी दिए अनुसार चलचित्रको छायांकन नेपाल र विदेशका केहि ठाँउहरुमा हुनेछ । हाल चलचित्रको स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको कलाकार भट्टले जानकारी दिएका छन् । सिमन न्यौपानेले हाल चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । यस प्रोजेक्टका प्रेस संयोजक मनिष दाहालले गर्नुभएको फोनबार्तामा सुदर्शन गौतमले हाल आफु चलचित्रको लागी नै क्यानडाबाट अमेरिकामा टेक्सासको लागी पुगेको पनि जानकारी दिएका छन् । चलचित्रमा सुदर्शन गौतम र पुष्कर भट्ट मुख्य भुमिकामा रहनेछन् भने अरु कलाकार,प्राविधिक,निर्देशकहरुको छनोट केहि दिन भित्रमा नै गरिसक्ने कलाकार पुष्कर भट्टले जानकारी दिए ।