Sun. Dec 10th, 2023

एकपछि अर्को गदैं आफुले अभिनय गरेका चलचित्रको सिक्वेलहरु छाडेपछि ती चलचित्रहरुमा लगातार बलिउड अभिनेता जोन अब्रहाम अनुवन्धित हुन थालेका छन। सन २००७ को सफल सिनेमा ‘वेलकम’को दोस्रो श्रृखंलामा अक्षयकुमारलाई प्रतिस्थापित गरेका जोनले फेरी अर्को एक चलचित्रमा पनि अक्षयलाई प्रतिस्थापित गरेका छन। जोनले सन २००२ को ‘आँखे’ चलचित्रको दोस्रो श्रृखंलामा अक्षयको सट्टामा अभिनय गर्ने भएका छन।

यस अघि पनि अक्षयको सुपरहिट सिनेमा ‘हेराफेरी’को तेस्रो भागमा अक्षयको निर्माण पक्षसँग कुरा नमिलेपछि उनको ठाँऊमा जोनले लिएका थिए । सो प्रकरणमा अक्षयले ‘हेराफेरी-३को पटकथा मननपरेकाले नखेलेको बताएका थिए तर पछि उनले सो चलचित्रका लागि मागेको ५० करोड दिन निर्माण पक्ष राजी नभएपछि चलचित्रमा छाडेको खबर बाहिरिएको थियो।

%d bloggers like this: