Sat. Apr 20th, 2024

केहि दिन अगाडी मात्र चलचित्र लुटेरामा नायिका रेखा थापा र नायक निखिल उप्रेती मुख्य भुमिकामा रहने भनेर खबर बाहिर आएपनि अब चलचित्रमा रेखा आइटम डान्समा मात्र रहने खबर बाहिर आएको छ । साथैं चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्ने पक्का भएको थियो तर अब चलचित्र लुटेरालाई सविरले निर्देशन नगर्ने भएका छन् । मनोरञ्जनसंसार डटकमसँगको विषेश कुराकानीमा सविरको निकै व्यस्त तालिका भएका कारण आफुहरुको सहमतीबाट उहाँसग काम नगर्ने निर्णय गरेका छौ निर्माता गोपाल कायस्थले बताए ।

rekha

यसअघि रेखा र निखिलको जोडी पर्दामा लामो समयपछि जम्न लागेको कायस्थले जानकारी गराएका थिए । चलचित्रमा अब रेखा र सविर नहुने भएपछि यति बेला निर्माता कायस्थ निर्देशक र नायिकाको खोजीमा रहेको स्रोतले बताएको छ । बाहिर आएको खबरका अनुसार निर्देशक सविर श्रेष्ठले रेखा थापाको रामप्यारीलाई मात्र बढि प्राथमिकतामा राखेका कारण निर्माता कायस्थले निर्देशकको जिम्माबाट सविरलाई हटाएका हुन् । निर्माता कायस्थले चलचित्र लुटेरालाई कसले निर्देशन गर्ने भन्ने निर्देशक खोजीरहेको अबस्थामा निर्देशक सविरका अनुसार अब चलचित्रलाई दयाराम दाहालले निर्देशन गर्ने जानकारी दिएकाछन् ।

%d bloggers like this: