Fri. Apr 26th, 2024

केहि दिन अगाडी मात्र चलचित्र नाईँ नभन्नू ल ३ लाई वितरक सुनिल मानन्धरले काठमाण्डौ उपत्यकाका लागि मात्र ३५ लाख रूपैंया एमजी दिए दिएसगैं अर्को चलचित्र वितरक कम्पनी एफडीले चलचित्र वडा नम्बर ६ लाई पनि काठमाण्डौ उपत्यका बाहिरको लागि ३५ लाख रूपैयाँ नै एमजी दिएको छ । एफडीका प्रदीपकुमार उदयले ६ एकान ६ को सफलतापछि वडा नं ६ पनि सफल हुनेमा आफ्नो कम्पनी पुर्ण विश्वस्त रहेका कारण आफुले काठमाण्डौ उपत्यका बाहिरको लागि ३५ लाख रूपैयाँ एमजी दिएको बताए ।

wada-no-6

यस अघि रेखा थापाको काली चलचित्रलाई पनि आफ्नो कम्पनीे एमजी दिएको जानकारी दिदैं प्रदीपकुमार उदय ,’हामी फिल्म चल्छ भनेर विश्वस्त छौं,त्यसैले एमजी दिएका हौं’-उदयले भने । काठमाण्डौ उपत्यकाका लागि पनि वितरकसँग यस्तै सहमती गर्ने निर्मातात्रय दिपक राज गिरी,दिपाश्री निरौला र निर्मल शर्माले बताए । चलचित्रमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल ,किशोर खतिवडा, शिवहरी पौडेल र विल्सन विक्रम राई, दीपकराज गिरी, दयाहाङ राई, अरुणा कार्की,प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । उज्वल घिमिरेले चलचित्रलाई निर्देशन गरेका छन् ।

%d bloggers like this: