Mon. Mar 27th, 2023

चलचित्र ‘आवेग’को छायांकन र डविगं सकाएर हाल फुर्सदमा बसिरहेकी नायिका पवित्रा आचार्य म्युजिक भिडियोमा अभिनय गर्न चितवन पुगेकी छिन् । आवेग चलचित्रका निर्देशक वसन्त निरौलाको ‘एक्शन कट’ मा अभिनय गरेकी उनी शनिवार मात्रै किशोर अनुरागको निर्देशनमा तयार हुँदै गरेको एक म्युजिक भिडियोमा ‘रेड’ अनि ‘ह्वाईट’ ड्रेसमा सजिँदै कम्मर मर्काउँदै गरेको अवस्थामा उनी चितवनमा भेटिएकी हुन् ।

प्रमोद खरेलको स्वरमा सजिएको ‘सम्बन्धको धागो चुँडाई’ बोलको गीतमा अभिनय गर्न पवित्रालाई मोडल कमल चालिसे र बिमल केसीले साथ दिए । यो भिडियोलाई नरेन्द्र सिंहले खिचेका छन् भने गीतमा संगीत पुर्ण परियारले भरेका छन् । भिडियोमा पर्यटकिए नगरी सौराहा र नारायणगढका दृश्यहरु समावेश छन् । भिडियो केहि दिनमा नै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।