Fri. Mar 29th, 2024

चलचित्रको प्रचार प्रचारमा नै पहिलो पटक फरक तरिकाले आफ्नो प्रचार प्रसारको थालनीगरेको चलचित्र ‘होस्टेल रिटर्न्स’ यूनिटले यति बेला नेपालमा रहेका विभिन्न कलेजहरुमा गएर चलचित्रको प्रोमो नै मञ्चन गदैं आएको छ । हिजो सरस्वती पुजाको दिनबाट कलेज कलेजमा गएर चलचित्रको प्रोमो मञ्चन गर्न सुरु गरेको चलचित्र यूनिटले केहि दिन अगाडी मात्र चलचित्रको फष्टलुक पोष्टर र प्रोमो लाइभ प्रस्तुती दिएको थियो । हिजो आइतबार कलंकीस्थित हिमालयन एग्रीकल्चर एण्ड टेक्निकल कलेजमा प्रोमो मञ्चन गरिएको छ । कलेजले चलचित्र युनिटलाई सम्मान समेत गरेको थियो । निर्माता रावलका अनुसार यसरी नै देशका करिब १२ सयवटा कलेजहरुमा चलचित्रको प्रोमो मञ्चन गरिने छ ।

sunil rawal

धेरै कलेजहरुले आफुहरुलाई निमन्त्रणा गरिसकेको र अरु धेरै कलेजहरुमा आफुहरुले चलचित्रको प्रोमो मञ्चन गर्ने निर्माता रावलले बताए । चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का, सुशिल सिटौला, अभय बराल, प्रदिप चौधरी, सुधाम सिके लगायतले प्रोमोमा अभिनय गरेका थिए । चलचित्र ‘होस्टेल रिटर्न्सञअघिल्लो बर्षको हिट चलचित्र ‘होस्टेल” को सिक्वेल चलचित्र हो ।दुर्गिस फिल्मस्को ब्यानरमा चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् ।दुर्गिस फिल्मस्ले यस अघि ‘सायद र होस्टेल’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ ।चलचित्र ‘होस्टेल रिटर्न्स लाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्र बैशाख २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको छ ।

%d bloggers like this: