Thu. Apr 18th, 2024

नेपाली चलचित्रमा सदाबाहार नायिकाको उपाधी पाउन सफल चर्चित नायिका करिश्मा मानन्धरको लगानीमा चलचित्र ‘फागु : द कलर अफ लाइफ’ निर्माण हुने भएको छ । आज राजधानीमा चलचित्रको शुभुहुमुर्त गदैं फागुको औपचारिक निर्माण घोषणा गरिएको छ । १२ बर्षपछि चलचित्र निर्माणमा जुटेकी नायिका करिश्मा मानन्धनरले यसभन्दा अघि ‘कस्तुरी’, ‘ढुकढुकी’ र ‘बाबुसाहेब’ चलचित्र निर्माण गरेकी थिइन तर यि तिनै चलचित्रले खासै कमाल देखाउन नसकेपछि चलचित्र निर्माण कार्यबाट हात झिकेकी नायिका करिश्माले फागुनको पहिलो साताबाट चलचित्रको छायांकन सुरु हुने जानकारी दिएकी छिन् । चलचित्रमा शिल्पा पोखरेल,नव नायक सुवास पराजुली, राजेश हमाल, गौरी मल्ल, टीका पहारी, बसन्त भट्ट लगायतको अभिनय गर्नेछन् । सम्झना उप्रेती रौनियारले निर्देशन गर्ने चलचित्रमा नायिका करिश्मा मानन्धरका श्रीमान विनोद मानन्धरले पनि चलचित्र निर्माणका लागी सहयोग गर्नेछन् । 

कार्यक्रममा बोल्दै नायिका करिश्मा मानन्धरले आफुले १२ बर्षपछि चलचित्र निर्माण गर्न लागेको समेत खुलाइन । १२ बर्षसम्म चलचित्र निर्माण नगर्दा चलचित्रका बारेमा आफुले धेरै कुरा बुभेर मात्र फागु चलचित्र निर्माण गर्न लागेको बताइन । लामो समय सम्म आफुले दर्शकलाई कस्तो चलचित्र मन पर्छ भन्ने कुराको खोजी गरेको र दर्शकले खोजेको चलचित्र फागु बन्ने करिश्माले दाबी गरिन ।

fagu

त्यस्तै निर्देशक सम्झना उप्रेती रौनियारले चलचित्र फागु फरक स्वादको चलचित्र बन्ने बताइन । चलचित्रले दर्शकलाई मनोरञ्जन सगैं सन्देश दिने बताउदैं निर्देशक रौनियारले चलचित्र फागु तराईमा हुने राजनीति र यसले एक परिवारलाई पार्ने असरमा आधारित रहने पनि खुलाइन । चलचित्रको मुख्य भुमिकामा देखिन लागेकी नायिका शिल्पा पोखेरले आफु चलचित्र फागुमा एक मधेशी महिलाको भुमिकामा देखिन लागेको र चलचित्रमा आफ्नो सशक्त अभिनय रहेको पनि बताइन । कार्यक्रममा नायक राजेश हमाल,नव नायक सुवास पराजुली, गौरी मल्ल लगायतका कलाकार तथा अतिथिहरुले आफ्नो मन्तव्य राखेका थिए । चलचित्रमा बसन्त सापकोटाको संगीत,रामशरण उप्रेतीको छायाँकन र हिमाल केसीको द्धन्द्ध निर्देशन,गोविन्द राईको नृत्य निर्देशन र वनिश शाहको सम्पादन रहने छ ।

%d bloggers like this: