Fri. Mar 29th, 2024

नेपाल चलचित्र प्राविधिक संघले आफ्ना सदस्य तथा नेपाली फिल्मका प्राविधिक मोहन बरालले हिजो बेलुका आफ्नै डेरामा गरेका छन् । डिल्ली बजारमा डेरा लिएर बस्दैं आएका बरालको अहिले टिचिङ अस्पतालमा पोष्र्टमार्टमको काम भैरहेको छ । पोस्टमार्टम पश्चात् आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताएका छन् । ४३ बर्षका मोहन नेपाली फिल्ममा विगत २० बर्षदेखि लाइटम्यान र क्रेन अपरेटरको रुपमा काम गदैं आएका थिए । मोहन बरालको दुःखद निधनमा आइतबार एकदिन सुटिङ रोक्न चलचित्र प्राविधिक संघका उपाध्यक्ष पुष्कर लामाले आग्रह गरेका छन् । रामेछाप घर भएका बराल सुरुवातमा लाइटम्यानको जिम्मा सम्हालेका मोहन पछिल्लो समय क्रेन अपरेटरको रुपमा फिल्ममा काम गर्थे ।

%d bloggers like this: