Sat. Apr 20th, 2024

बलिउड बक्स अफिसमा केहि दिन अगाडी मात्र आमिर खान अभिनित चलचित्र पिकेले बलिउड इतिहासकै सबैभन्दा बढि व्यापार गर्ने चलचित्रको रुपमा रेकर्ड बनाएसगैं यति बेला बलिउडमा चर्चित कलाकारहरु आफ्नो फिल्मको व्यापार माथि उठाउनका लागी विभिन्न कसरत गरिरहेका छन् । त्यहि क्रममा बलिउडमा सुपरस्टार अक्षय कुमार अभिनित चलचित्र बेबीले प्रदर्शनमा आएको पहिलो दिन ९.३ करोडको व्यापार गरेको छ । ‘डाली की डोली’सँग एकसाथ प्रदर्शनमा आएको बेबीले डाली की डोलीले पहिलो दिन २.५५ करोड कमाउदाँ बेबीले ९.३ करोड कमाउन सफल भएको हो । बेबीको यो व्यापारलाई राम्रो व्यापारको रुपमा लिइएपनि यो उत्साहपुर्ण व्यापारको भने बेबीको नरहेको चलचित्रका विश्लेषकहरुले बताएका छन् । चलचित्र बेबीमा अक्षय कुमार, ताप्सी पन्नु, राणा दग्गुबाती, अनुपम खेर, डेनी, केके मेनन, मधुरिमा टुली, रसिद नाज तथा सुशान्त सिंह लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई नीरज पाण्डेले निर्देशन गरेका हुन ।

%d bloggers like this: