Fri. Mar 29th, 2024

यो माया भन्ने चिज नै निकै अनौठो को,जहिलेसम्म आफुलाई माया गर्ने मान्छे आफुसँग हुन्छ तब सम्म उसलाई माया गर्ने मान्छेको कुनै पनि मतलब हुदैंन जब त्यहि आफुलाई माया गर्ने मान्छे आफ्नो साथमा हुदैंन अनि उसको माया यति लागेर आउँछ कि उसैको मायामा जिउँन बाध्य पनि हुन्छ,हो यस्तै भएको छ आजकाल गायक मनोजराजलाई पनि । चर्चित गायिका अञ्जु पन्तसँग बैबाहिक जीवनमा बाधिएको केहि बर्षमा नै सम्बन्ध विक्षेद गरेका गायक मनोजराज सायद गीत मार्फत यस्तै भनिरहेका छन् ।

manojraj

हालै सार्वजनिक भएको ‘जो सँग कुनै नाता’ नामक गीतमा मनोजले आफ्नो आवाजमा यस्तै केहि आफ्ना पिडाहरु पोखिरहेका छन् । सार्वजनिक गीतमा ईश्वर मगियाको संगीत र रमेश महर्जनको शब्द रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा श्याम भट्टराई, अमृता गुरुङ, श्रद्धा शाह र रमेश थापाले अभिनय गरेका छन् । अनिल सम्राटको निर्देशन रहेको भिडियोलाई महक इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=513gmeLA-iY

%d bloggers like this: