Wed. Apr 24th, 2024

माघ २३ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लोग्ने मान्छेको अर्को नयाँ अफिसियल गीत रिलिज भएको छ । गीतमा नायक दिलिप रायमाझि र नव कलाकार अनिशा गुरुङ देखिएका छन् । गीतमा दिलिप रायमाझि र अनिशा गुरुङ विचको प्रेमलाई देखाइएको छ । यसभन्दा अघिका सार्वजनिक गीतमा नायिका नन्दितासँग प्रेममा रहदाँ र बिबाह भइसकेपछिको प्रेमलाई देखाइएको थियो भने अहिले सार्वजनिक गीतमा नन्दितासँग बिबाह भइसकेपछि दिलिप अनिशासँग प्रेममा परेको देखाइएको छ । ‘यो आखाँ’ नामक सार्वजनिक गीतमा चलचित्रका निर्देशक लय संग्रौला शब्द, चेतन सापकोटाको संगीत तथा दीपक लिम्बु र माण्डवी त्रिपाठीको स्वर रहेको छ । दिलीप र नन्दिता केसी, लय संग्रौला, निक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, रीचा थापा, ध्रुव कोइराला, सङ्गीता लिम्बूलगायतको चलचित्रमा अभिनय रहेको छ । चलचित्रका सबै गीतहरु निर्देशक संग्रौलाले लेखेका हुन् भने छायांकन कृष्ण श्रेष्ठ र द्वन्द्व रोशन श्रेष्ठले गरेका छन् । कलाकार उत्तम केसीको निर्माण परिकल्पना रहेको चलचित्रले नारीका आवाज बुलन्द गर्ने कोशिस गरेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=hZ8rGMTGHGM

%d bloggers like this: