Fri. Apr 26th, 2024

रिबन इन्टरटेनमेन्टले प्रालिले प्लस टु कलेजमा अध्ययनरत युवतीहरुका बिच अर्को प्रतिस्पर्धा गराउने भएको छ । रिबन इन्टरटेनमेन्टका कार्यकारी निर्देशक निशु झाका अनुसार विभिन्न कलेजमा अध्ययनरत छात्राहरुमा अन्र्तनिहित प्रतिभा र क्षमता प्रदर्शनका लागि प्रभावकारी मञ्च प्रदान गर्नका लागि पहिलोपटक ‘नेपाल्स कलेज डिभा अफ द इयर २०१५’ आयोजना गर्न लागिएको हो । ‘नेपाल्स कलेज डिभा अफ द इयर २०१५’ को कोरियोग्राफी भारतका प्रसिद्ध कोरियोग्राफर कौशिक घोषका कुशल नेपाली चेला अश्वीनि झाले गर्नेछन् ।

nepal coll

‘नेपाल्स कलेज डिभा अफ द इयर २०१५’ मा १६ देखि २६ वर्षभित्रका कम्तीमा ४ फुट ८ इञ्च उचाई भएका कलेजमा पढ्दै गएका अबिबाहित नेपाली युवतीहरुले आवेदन भर्न सक्नेछन्। आवेदन खुल्ला भईसकेको आयोजक निशु झाले जानकारी गराएका छन् । आगामी फागुन महिनामा राजधानीमा आयोजना हुने ‘नेपाल्स कलेज डिभा अफ द इयर २०१५’ का लागि यही माघ १६ र २४ गते नयाँ वानेश्वरस्थित होटल रानी महलमा दुई चरणमा अडिसन लिइनेछ। यसका लागि आवेदन खुल्ला गरिसकिएको आयोजकले जनएका छन् । रिबन इन्टरटेनमेन्टले यसअघि नेपाल्स फेस अफ द इयर, नेपाल्स चिल्ड्रेन अफ द इयर र नेपाल्स ‘मिस टिन अफ द इयर २०१४’ आयोजना गरिसेको छ।

%d bloggers like this: